Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१३५५ अंकमा सेयर बजार : ३५ करोड ८५ लाखको कारोबार

२०७३ फाल्गुन ३० गते

सोमबार सेयर बजार ७.७० अंकले बढेर १३५५.२३ अंकमा कायम भएको छ । अन्यबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १०९.०८ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक समूहको क्रमशः ६.३८, ५.४, ६.३३, ६.७५, ०.५७ र ६.०५ अंकले बढेका छन् । अन्य समूह भने २.८९ अंकले घटेको छ ।

बजार बढेपनि लगानीकर्ताको मनोबल खासै उच्च देखिएन । दिनभरिमा १३२ वटा कम्पनीको सात लाख छ हजार एक सय ५५ कित्ता सेयर दुई हजार आठ सय ६१ पटक खरिदविक्री हुँदा जम्मा ३५ करोड ८५ लाख १० हजार दुई सय ३९ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, ग्लोबल आईएमई बैंकको सबैभन्दा धेरै सात करोड ४१ लाख ५९ हजार तीन सय ९४ रुपैयाँको कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर र साधारण गरेर पौने तीन करोडको कारोबार भएको छ । एनसीसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक र प्रभु इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको ८३ लाखको कारोबार भएको छ । 

आरएसडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९४ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा नयाँ नेपाल लघुवित्त र मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ९.९२ र ९.७८ प्रतिशतका दरले कमाएका छन् । अपि पावर कम्पनी, सप्तकोसी डेभलपमेन्ट बैंक, हिमालयन डिस्टीलरी र नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले क्रमशः ७.४१, ५.५८, ५.२६ र ५.०७ प्रतिशतका दरले कमाएका छन् । सनराइज बैंक, पोखरा फाइनान्स लगायतले पनि कमाएका छन् ।