यो साता चार दिन सेयर कारोबार भयो । पहिलो दिन दोहोरो अंकले बढेर लगानीकर्ताहरुलाई हौसला प्रदान गरेको सेयर बजार सोमबार पनि बढ्यो, तर वृद्धिदर ठूलो अन्तरले घट्यो । मंगलबार त सेयर बजारमा दोहोरो अंकको गिरावट नै देखियो । विहीबार भने सामान्य अंकले बढेर बन्द भयो । गत साता १३२९.४१ अंकमा भएको सेयर बजार यो साता १३४७.५३ अंकमा आइपुगेको छ । जसअनुसार, साताभरमा सेयर बजार १८.१२ अंकले बढेको छ । गत साता सेयर बजार ८.०५ अंकले घटेको थियो ।
कारोबार रकममा पनि यो साता उतारचढाव देखियो । आइतबार दोहारो अंकले बजार बढ्दा झन्डै २५ अंकले परिसूचक बढ्दा ६१ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा ४ अंकले परिसूचक बढ्दा ७४ करोडको कारोबार भयो । मंगलबार सेयर बजारमा १६.८५ अंकको गिरावट देखियो । संगसँगै कारोबार पनि घटेर ४१ करोडमा सीमित भयो । विहीबार झन्डै छ अंकले परिसूचक बढ्दा ५२ करोडको कारोबार भयो । समग्रमा यो साता कुल दुई अर्ब ३० करोड २० लाख २३ हजार चार सय २२ रुपैयाँको कारोबा भएको छ । गत साता दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो ।
यो साता ग्लोबल आईएमई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स बैंक लगायतको राम्रो कारोबार भएको छ । आरएसडीसी लघुवित्त, नयाँ नेपाल लघुवित्त, अपि पावर कम्पनी लगायतका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । हिमालयन डिस्टीलरी, सिन्धु विकास बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।


