Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारले मार्यो प्रविधिमा फड्को : अनलाइनबाटै खरीद विक्रि गर्न सकिने

२०७३ फाल्गुन २७ गते

अब सेयर खरिदविक्री अनलाइनबाटै गर्न सकिने भएको छ । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरहरुलाई परिपत्र जारी गर्दै अनलाइन प्रक्रियाबाट सेयर खरिदविक्री गर्न निर्देशन दिएको हो । हाल प्रयोग भइरहेको ब्रोकर ब्याक अफिस सफ्टवेयरमा सुधार वा थप गरेर यस्तो सुविधा दिन बोर्डले निर्देशन दिएको छ । यससँगै अब सेयर खरिदविक्रीकै लागि ब्रोकर अफिस धाउनुपर्ने बाध्यताबाट सेयर लगानीकर्ताले मुक्ति पाउने भएका छन् । 

बोर्डले ‘नो योर कष्टमर’ (ग्राहक पहिचन) फारमको आधारमा ब्रोकर कम्पनीबाट युजरनेम र पासवर्ड दिएर लगानीकर्तालाई खरिदबिक्रीको आदेश दिन भनेको छ । इन्टरनेट मार्फत लगानीकर्ताले खरिद बिक्रीको आदेश दिएपछि समय प्राथमिकताको आधारमा खरिद र बिक्री प्रणालीलाई प्रविष्टको व्यवस्था मिलाउन सकिने छ । यसमा सेयर कारोबारको सम्पूर्ण विवरण लगानीकर्ताले इन्टरनेट मार्फत पाउन सक्ने छन् । धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई ग्राहकको इन्टरनेट मार्फत खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

बोर्डले यो व्यवस्थाबाट धितोपत्र खरिद बिक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित भई आदेश दिनुपर्ने झन्झटको अन्तः भई धितोपत्रको कारोवार प्रकृया थप सहज, सरल र छिटो छरितो बनाउन सहयोग पुग्ने बताएको छ । यसले लगानीकर्ताहरुलाई विशेष सुविधा हुने तथा दोस्रो बजारको कारोवारमा स्थलगत तथा परिणात्मक रुपमा व्यापकता आई नयाँ अध्याय थप्ने बोर्डको अपेक्षा रहेको छ । तत्कालको लागि यो व्यवस्था पूर्ण रुपमा भने कार्यान्वयन भने हुने छैन ।