साताको अन्तिम दिन सेयर बजार सामान्य ५.९७ अंकको वृद्धिसँगै १३४७.५३ अंकमा पुगेर बन्द भएको छ । उत्पादनमूलक र अन्य समूहबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ५९.२५ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः ६.९४, २४.८६, २.३९, १३.४६ र १.७७ अंकले बढेका छन् । उत्पादनमूलक र अन्य भने क्रमशः १२.५७ र ४.६३ अंकले घटेका छन् ।
दिनभरिमा १३८ वटा कम्पनीको १० लाख ४५ हजार नौ सय १८ कित्ता सेयर तीन हजार आठ सय ४८ पटक खरिदविक्री हुँदा कुल ५२ करोड ४८ लाख ७५ हजार एक सय २० रुपैयाँको कारोबार भएको छ । जसमध्ये, ग्लोबल आईएमई बैंकको सबैभन्दा धेरै नौ करोड १७ लाख १० हजार पाँच सय २६ रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको पाँच करोड ८६ लाख र एनसीसी बैंकको चार करोड २९ लाखको कारोबारम भएको छ । नेपाल लाइफ प्रोमोटरm नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर र नेरुडे लघुवित्तको क्रमशः तीन करोड ८४ लाख, दुई करोड ७४ लाख र एक करोड ९२ लाखमाथिको कारोबार भएको छ । नेपाल बैंक, प्राइम लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ६० लाखमाथिको कारोबार भएको छ भने नेपाल बंगलादेश बैंकको एक करोड २६ लाखमाथिको कारोबार भएको छ ।
विहीबार आरएसडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाउँदा नयाँ नेपाल लघुवित्त, अपि पावर कम्पनी, मिसन डेभलपमेन्ट बैंक र गुहेश्वरी फाइनान्सका सेयरधनीले क्रमशः ९.९५, ८.५८, ७.६० र ६.३२ प्रतिशतका दरले कमाएका छन् भने अरुण हाइड्रो, रिलायन्स फाइनान्स, सिनर्जी फाइनान्स र प्राइम लाइफ इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । प्रिमियर इन्स्योरेन्सका सेयरधनीले ४.८७ प्रतिशतका दरले कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको हिमालयन डिस्टीलरीका सेयरधनीले ९.८५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा काबेली विकास बैंकका सेयरधनीले ६.६ प्रतिशतका दरले गुमाएका छन् । यती डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, रिलायबल माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


