सगरमाथा फाइनान्स लिमिटेडले बोनस सेयर वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलेलाई ३२.९४ प्रतिशत बानस सेयर वितरण गर्न फागुन २४ गते अनुमति पाएको हो । केही महिनाअघि ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको कम्पनीले हकप्रदअघिको चुक्तापुँजीको ३२.९४ प्रतिशत अर्थात हकप्रदपछिको चुक्तापुँजीको १८.३ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।
हकप्रद सेयर निष्काशन गरेपछि सगरमाथाको चुक्तापु्ँजी ६६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । उक्त पुँजीको १८.३ प्रतिशत बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापुँजी ७८ करोड ६३ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको ११औँ वार्षिक साधारणसभाले पारित गरेपछि बोनस सेयर वितरण गरिनेछ । त्यसपछि फाइनान्सलाई सेञ्चुरी कमर्सियल बैंकले खरिद गर्नेछ ।


