Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

खुल्यो भार्गव विकास बैंकको हकप्रद सेयर, कहाँबाट दिने आवेदन ?

२०७३ फाल्गुन २४ गते

भार्गव विकास बैंकको हकप्रद सेयर निष्काशन सुरु भएको छ । भार्गवले सर्वसाधारण सेयरधनीका लागि मंगलबार (फागुन २४ गते) देखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको हो । चैत्र २८ गतेसम्म निष्काशन खुला रहेको बैंकको हकप्रद सेयरमा फागुन ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयर खरीदका लागि कम्पनीको सेयर र निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, भार्गव विकास बैङ्क सुर्खेतरोड, नेपालगञ्ज तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट र एनएमबि बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

हाल भार्गव विकास बैंकको चुक्तापुँजी १२ करोड रुपैयाँ रहेको छ । उक्त अनुपातमा हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ ।