सोमबार सेयर बजार ४.०७ अंकको वृद्धिसँगै १३५८.४१ अंकमा पुगेर बन्द भएको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । आइतबार ६१ करोडको कारोबार भएको बजारमा सोमबार ७४ करोड ७३ लाख ३४ हजार तीन सय ३८ रुपैयाँको कारोबार भएको छ । कुल कारोबारमध्ये, नेपाल बंगलादेश बैंकको मात्रै ११ करोड ५२ लाख एक हजार छ सय ३७ रुपैयाँको कारोबार भएको छ । ग्लोबल आईएमई बैंक र एनसीसी बैंकको सवा नौ करोडको कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको चार करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ९८ लाख र शिखर इन्स्योरेन्सको दुई करोड ५७ लाखको कारोबार भएको छ । प्रभु बैंक र सिटिजन्स बैंकको एक करोड ६० लाखमाथिको कारोबार भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।
१४१ वटा कम्पनीको १५ लाख ५० हजार दुई सय ३८ कित्ता सेयर पाँच हजार छ सय ६४ पटक खरिदविक्री भएको बजारमा फाइनान्स र बीमाबाहेक सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटल समूह ९.४४ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक र अन्य क्रमशः ४.९९, १.४८, ६.७३, ०.३२ र ५.७८ अंकले बढेका छन् । फाइनान्स र बीमा भने क्रमशः २.१८ र ३.५३ अंकले घटेका छन् ।
सोमबार सबैभन्दा धेरै नेपाल ग्रामीण विकास बैंक, आरएसडीसी लघुवित्त र सेती फाइनान्सका सेयरधनीले क्रमशः ७.९५, ७.८९ र ७.५ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने जानकी फाइनान्स र रिलायन्स फाइनान्सका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर, सिभिल बैंक, वरियन्टल होटल्स, प्राइम लाइफ इन्स्योरेन्स, मिथिला लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिन्धु विकास बैंकका सेयरधनीले ७.६९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । पूर्णिमा विकास बैंक, वोमी माइक्रोफाइनान्स, एनबी इन्स्योरेन्स, भार्गव विकास बैंक, मञ्जुश्री फाइनान्स, बोटलर्स नेपाल, अरुण फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


