चार वटा विकास बैंकलाई एकैपटक खरिद गरेर गत पुस १७ गतेदेखि एकीकृेत कारोबार थालेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सेयर कारोबार सोमबारदेखि खुलेको छ । बैंकले बितरण गरेको बोनस समेत समायोजन भएर प्रतिकित्ता तीन सय १३ रुपैंयामा बैंकको सेयर कारोबार खुलेको हो ।
एनसीसीले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्टलाई खरिद गरेको हो । पाँच वटा संस्था गाभिएर बनेको एकीकृत संस्थाको चुक्तापुँजी चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकका शाखा संख्या ९६ र कर्मचारी संख्या एक हजार २८ जना पुगेको छ भने बैंकको निक्षेप ५२ अर्व रुपैयाँ पुग्नेछ भने कर्जा ४४ अर्व रुपैयाँ पुगेको छ ।


