सोमबार १० वटा कम्पनीले नेप्सेमा आफ्नो सेयर सू्चिकृत गराएका छन् । जसमध्ये, तीन वटा फाइनान्स कम्पनी, दुई बीमा कम्पनी, एक लघुवित्त, एक विकास बैंक र तीन वाणिज्य बैंकहरु रहेका छन् । यी कम्पनीले, हकप्रद सेयर, एफपीओ, बोनस सेयर तथा साधारण सेयर सूचिकृत गराएका छन् ।
हेरौँ कुन कम्पनीको कति कित्ता कस्तो सेयर नेप्सेमा थपिए ?
- युनाईटेड फाइनान्स लिमिटेडको ११ लाख ५९ हजार आठ सय ३६ कित्ता हकप्रद सेयर
- सिर्जना फाइनान्स लिमिटेडको १० लाख आठ हजार कित्ता बोनस सेयर
- छिमेक लघुवित्त विकास बैंक लिमिटेडको २३ लाख ८३ हजार दुई सय ३१ कित्ता बोनस सेयर
- युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँच लाख चार हजार कित्ता बोनस सेयर
- प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सात लाख ४७ हजार पाँच सय सात कित्ता बोनस सेयर
- श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडको दुई लाख ३१ हजार कित्ता बोनस सेयर
- नेपाल एसबीआई बैंक लिमिटेडको ६७ हजार सात सय ६७ कित्ता एफपीओ
- सनराइज बैंक लिमिटेडको १५ लाख १८ हजार एक सय ६९ कित्ता साधारण सेयर (एनआईडी क्यापिटल मार्केट लिमिटेडसँगको एक्विजिसन पश्चात्)
- ग्लोबल आईएमई बैंक लिमिटेडको नौ लाख २१ हजार एक सय १० दशमलव नौ कित्ता साधारण सेयर (प्यासिफिक डेभलपमेन्ट बैंकसँगको एक्विजिसनपश्चात्)
- त्रिवेणी विकास बैंकको १५ लाख ५८ हजार २९ दशमलव ०४ कित्ता बोनस सेयर र ४१ लाख ७६ दशमलव ४२ कित्ता हकप्रद सेयर


