सिभिल बैंक लिमिटेडले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव अघि सारेको हो ।
हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेड र युनिक फाइनान्स लिमिटेडलाई खरिद गर्न लागेको सिभिलले एक्सिजिसनपछि कायम हुने चुक्तापुँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । एक्विजिसनपछि बन्ने बैंकको चुक्तापुँजी पाँच अर्ब पाँच करोड रुपैयाँ हुने छ । हकप्रद जारी गरेपछि सिभिलको चुक्तापुँजी छ अर्ब रुपैयाँ नाघ्नेछ ।
राष्ट्र बैंकको नीति बमोजिम न्युनतम चुक्तापुँजी पुर्याउन बैंकले मर्जर तथा एक्विजिसनमा जाने योजना बनाएको छ ।


