सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले केही समय अघि निष्काशन गरेको हकप्रदले समेत पाउने गरी बोनस सेयर जारी गर्ने प्रस्वात अघि सारेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।
हाल सेञ्चुरी कमर्सियल बैंकको चुक्तापुँजी तीन अर्ब ६८ करोड ९० लाख रुपैंया रहेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ । पुँजीवृद्धिको चटारोमा रहेको सेञ्चुरीले केही दिनअघि मात्रै सगरमाथा फाइनान्स लिमिटेडलाई एक्वायर गर्ने सम्झौता गरेको छ ।


