Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१३५४ अंकमा नेप्से : ६१ करोडको कारोबार, १७ कम्पनीको सेयरमूल्य घट्यो

२०७३ फाल्गुन २२ गते

साताको पहिलो दिन सेयर बजार १३५४.३४ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक २४.९३ अंकले बढेको हो । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार ६१ करोड एक लाख ९९ हजार सात सय नौ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १४१ वटा कम्पनीको ११ लाख ८५ हजार चार सय ८५ कित्ता सेयर चार हजार आठ सय तीन पटक खरिदविक्री भएको छ । 

अन्य समूहबाहेक आइतबार कारोबार भएका समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह २२६.२ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः २३.१४, ४७.९३, २४.९८, १७.५५, ७.०७ र २१.७९ अंकले बढेका छन् । अन्य समूह भने ०.२९ अंकले घटेको छ । 

कारोबारका आधारमा आइतबार ग्लोबल आईएमई बैंक अग्रस्थानमा छ, जसको आठ करोड ४४ लाख ४६ हजार ३१ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको साढे तीन करोडमाथिको कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेपाल बंगलादेश बैंकको क्रमशः दुई करोड ९३ लाख र दुई करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । सनराइज बैंक प्रोमोटर र नेशनल लाइफ इन्स्योरेन्सको पनि दुई करोडमाथिको कारोबार भएको छ । सिटिजन्स बैंकको एक करोड ९३ लाखको कारोबार हुँदा एनबि इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको एक करोड ६० लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको डेढ करोडमाथिको कारोबार भएको छ । 

आइतबार आरएसडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९२ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा नेरुडे लघुवित्त र एनबि इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.७८ र ९.६० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । पोखरा फाइनान्स र रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ८.५७ र ७.९४ प्रतिशतका दरले.े कमाएका छन् । नेपाल ग्रामीण विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, अरुण फाइनान्स, एसियन लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले ६ प्रतिशतभन्दा बढीले कमाएका छन् । 

जम्मा १७ कम्पनीका सेयरधनीले अधिकतम ३.५ प्रतिशतदेखि न्युनतम ०.२९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । गुहेश्वरी मर्चेन्ट बैंकिङका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् भने कालिका माइक्रोक्रेडिटका सेयरधनीले सबैभन्दा कम गुमाएका छन् । बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर, मिथिला लघुवित्त, साझा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, वरियन्टल होटल्स, बरुण हाइड्रो, रिलायन्स फाइनान्स, एनएमबि हाइब्रिड फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।