सुभम पावर लिमिटेडले दुई लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले गत फागुन १८ गते बोर्डमा निवेदन दिएको हो ।
सुभमले आयोजनाप्रभावित स्थानीयहरुका लागि एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।


