Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मिसन डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद चैत्र ३ गतेदेखि

२०७३ फाल्गुन १९ गते

मिसन डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर चैत्र ३ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशन बैशाख ६ गतेसम्म खुला रहनेछ । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरका लागि भिबोर क्यापिटल र मिसन डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । 

हाल मिसन डेभलपमेन्ट बैंकको चुक्तापुँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ३८ करोड ९८ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।