Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गर्दै छ्याङ्दी हाइड्रो : धितोपत्र बोर्डमा दियो निवेदन 

२०७३ फाल्गुन १७ गते

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पाँच लाख ४० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । छ्याङ्दीले गत फागुन १२ गते बोर्डमा निवेदन दिएको हो । 

छ्याङ्दीले आयोजना प्रभावितका लागि एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले गत पुस २० गतेदेखि माघ ५ गतेसम्म दुई लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावितका लागि जारी गरेको थियो । गत फागुन ९ गते उक्त सेयरको बाँडफाँड भएको थियो ।