Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल बंगलादेश बैंकले पायो ८० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति 

२०७३ फाल्गुन १७ गते

नेपाल बंगलादेश (एनबि) बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले बैंकलाई मंगलबार (फागुन १७ गते) हकप्रद निष्काशनको अनुमति दिएको हो । 

एनबि बैंकले एक सय रुपैयाँ अंकित दरमा तीन अर्ब २० करोड ९४ लाख ६ हजार नौ सय रूपैयाँ बराबरको तीन करोड २० लाख ९४ हजार ६९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यो बैंकको सेयर निष्काशन तथा विक्रीको प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

गत वर्षको मुनाफाबाट ३२ प्रतिशत बोनस सेयर जारी गरेर बैंकले चुक्तापुँजी चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ पुर्याएको छ । यसबाट ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजी सात अर्ब २० करोड रुपैयाँ नाघ्नेछ ।