Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जनता बैंकको सात लाख ६७ हजार कित्ता हकप्रद सेयर आउँदै

२०७३ फाल्गुन १६ गते

जनता बैंक नेपाल लिमिटेडले चैत्र १ गतेदेखि सात लाख ६७ हजार पाँच सय ५२ कित्ता हकप्रद सेयर विक्री गर्ने भएको छ । बैंकले गत १ गतेदेखि पुस ११ गतेसम्म हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ तीन लाख ९६ हजार पाँच सय २६ कित्ता र सर्वसाधारण समूहतर्फ तीन लाख ७१ हजार २६ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १५ गते रहेको छ ।

सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । जसअनुसार, एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । प्राप्त बोलपत्रहरुको छनोट गरी चैत २२ गते बाँडफाँट गरिनेछ । बाँडफाँटमा नपरेका आवेदकहरको बोलकबोल वापत जम्मा भएको रकम चैत २७ गते फिर्ता गरिने बताइएको छ । 

बैंक सेयर निष्काशन तथा विक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।