Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा माई हाइड्रोको शतप्रतिशत हकप्रद सेयर आउँदै

२०७३ फाल्गुन १५ गते

सानिमा माई हाइड्रोपावर लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंमित मूल्यमा एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनको अनुमति माग गर्दै सानिमाले गत माघ ३ गते नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । कम्पनीको सेयरमाथि प्राथमिक समीक्षा भइरहेको बोर्डले जनाएको छ । 

कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन कम्पनीले हकप्रद सेयर निष्काशनको तयारी गरेको हो । सो कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना निर्माणका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । 

हाल कम्पनीको चुक्तापुँजी एक अर्ब पाँच करोड रुपैयाँ छ । हकप्रद सेयर निष्काशन पछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ११ करोड ५० लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
 
लगानीको अन्य स्रोत हुँदाहुँदै पनि दुई आयोजनामा सर्वसाधारणको स्वामित्व होस् भनेर सेयर निष्काशन गर्न लागिएको आयोजनाले जनाएको छ । यसअघि सानिमाले २२ मेगावाटको माई, सात मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोसी साना जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।