हाम्रो विकास बैंक लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले गत बुधबार (फागुन ११ गते) बोर्डमा निवेदन दिएको हो ।
गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर जारी गरेर १५ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार तीन सय ३८ दशमलव ७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद जारी गरेपछि हाम्रो विकास बैंकको चुक्तापुँजी ४५ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएबएिल क्यापिटल मार्के लिमिटेड रहेको छ ।


