Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

चिलिमे हाइड्रोपावरको नगद लाभांश फागुन १५ गतेदेखि वितरण गरिने

२०७३ फाल्गुन १२ गते

चिलिमे हाईडोपावर कम्पनीले घोषणा गरेको नगद लाभांश फागुन १५ गतेदेखि वितरण गरिने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । कम्पनीको पुस २९ गते सम्पन्न २० औं बार्षिक साधारणसभाले सो लाभांश प्रस्ताव पारित गरेको थियो ।

जलविद्युत्त कम्पनीले डिम्याट नगरेका सेयरधनीलाई फागुन १५ गतेदेखि चैत ९ गतेसम्म र डिम्याट गरेका सेयरधनीलाई नामको अंग्रजी बर्ण अनुसार चैत १० गतेदेखि १८ गतेसम्म लाभांश वितरण गरिने जनाएको छ । कम्पनीको सेयर विक्री प्रबन्धक नागरिक लगानी कोष नयाँ बानेश्वरबाट लाभांश वितरण गरिनेछ ।