२०७३ फाल्गुन १२ गते

३३.३३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै एभरेष्ट बैंक, धितोपत्र बोर्डमा दियो आवेदन

एभरेष्ट बैंक लिमिटेडले ३३.३३ प्रतिशत अर्थात तीन बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । एभरेष्टले बुधबार बोर्डमा निवेदन दिएको हो । 

चार अर्ब ६० करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५० करोड ८८ लाख आठ हजार सात सय रुपैयाँको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशन गरेपछि एभरेष्ट बैंकको चुक्तापुँजी छ अर्ब नाघ्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।