Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपियो सात कम्पनीको एक करोड छ लाख कित्ता सेयर 

२०७३ फाल्गुन १२ गते

बिहीबार नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीका हकप्रद तथा बोनस चार कम्पनीको बोनस तथा एक कम्पनीको एक्विजिशनमा विलय भएको संस्थाको सेयर सुचिकत भएका छन् । कुल सात कम्पनीको गरी एक करोड छ लाख ३५ हजार तीन सय दशमलव ४४ कित्ता कारोबारका लागि नेप्सेमा सुचिकृत भएका हुन् ।

मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको एक लाख कित्ता बोनस सेयर, साहारा विकास बैंकको ८२ हजार छ सय कित्ता बोनस सेयर, मुक्तिनाथ विकास बैंकको २८ लाख ५० हजार छ सय ७१ दशमलव ३५ कित्ता बोनस सेयर, एभरेष्ट फाइनान्सको एक लाख ९९ हजार चार सय तीन कित्ता बोनस सेयर र लुम्बिनी जेनेरल इन्स्योरेन्सको छ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएका छन् । त्यस्तै, अरनिको डेभलपमेन्ट बैंकको नौ लाख २८ हजार एक सय ९० दशमलव ३४ कित्ता हकप्रद सेयर, सहारा विकास बैंकको तीन लाख ५४ हजार कित्ता हकप्रद सेयर र मुक्तिनाथ विकास बैंकको ४१ लाख ९२ हजार एक सय ६३ दशमलव ७५ कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत भएका छन् । त्यसैगरी, टुरिजम डेभलपमेण्ट बैंकले खरिद गरेको मातृभूमी विकास बैंक र कालिञ्चोक डेभलपमेण्ट बैंकको १३ लाख २८ हजार दुई सय ७२ कित्ता सेयरलाई टुरिजमको नाममा नेप्सेमा सुचिकृत गराइएको छ ।