एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो एघारौँ वार्षिक साधारणसभाको लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकको १८५ औं सञ्चालक समितिको बैठकले चैत ७ गतेदेखि १९ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, चैत ६ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको साधारणसभामा भारग लिन पाउनेछन् । बैंकको साधारणसभा चैत १९ गते हुँदैछ ।
साधारणसभामा बैंकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैछ ।
हाल बैंकको चुक्ता पुँजी ३० करोड ७६ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनससेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी ३१ करोड ३७ लाख रुपैयाँ पुग्नेछ ।


