Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कालिका माइक्रोक्रेडिटका सेयरधनीलाई ६५ प्रतिशत बोनस सेयर, राष्ट्र बैंकले दियो स्वीकृति

२०७३ फाल्गुन ९ गते

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । बैंकले आफ्ना सेयधनीलाई ६५ प्रतिशत बोनस सेयर दिन लागेको हो । बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर पाउनेछन् । 

हाल कालिकाको चुक्तापुँजी पाँच करोड रुपैयाँ रहेको छ । ६५ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी सवा आठ करोड रुपैयाँ पुग्नेछ ।