Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

भोली सिनर्जी पावर लिमिटेडको आईपिओ बाँडफाँड गरिँदै

२०७३ फाल्गुन ४ गते

सिनर्जी पावर लिमिटेडले निष्काशन गरेको साधारण सेयर विहीबार बाँडफाँड गरिने भएको छ । कम्पनीले पुस ८ गतेबाट १३ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा मागभन्दा ३५ गुणा बढी अर्थात छ अर्ब ८१ करोड रुपैयाँको आवेदन परेको थियो । 

कम्पनीले यसअघि नै कर्मचारीहरुका लागि तीन प्रतिशत अर्थात ६३ हजार कित्ता र सामुहिक लगानीकोषहरुको लागि पाँच प्रतिशत अर्थात एक लाख पाँच हजार कित्ता साधारण सेयर निष्काशन गरी बाडँफाँड समेत गरिसकेको छ । सर्वसाधारणहरुलाई छुट्टयाएको २८ लाख कित्ता साधारण सेयरमध्ये उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि सात करोड रुपैयाँ बराबरको साधारण सेयर गत साउन १६ गतेदेखि भदौ १२ गतेसम्म खुल्ला गरिएको थियो भने असोज १९ गते बाँडफाँड गरिएको थियो । बाँकी २१ करोड रुपैयाँ बराबरको साधारण सेयरको बाँडफाँड विहीबार गर्न लागिएको हो । 

हाल सिनर्जीको चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेको छ । उक्त आईपिओ बाँडफाँड गरेपछि कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ पुग्ने छ ।