Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शतप्रतिशत हकप्रद जारी गर्दै भार्गव विकास बैंक, ११ गतेसम्म कायम सेयरधनीले मात्र पाउने 

२०७३ फाल्गुन ३ गते

भार्गव विकास बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयर आगामी ११ गतेसम्म कायम सेयरधनीले मात्रै भर्न पाउने भएका छन् । बैंकले फागुन १२ गतेदेखि हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैंकले जनाएको छ । 

भार्गवले सर्वसाधारण सेयरधनीका लागि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल भार्गव विकास बैंकको चुक्तापुँजी १२ करोड रुपैयाँ रहेको छ । उक्त अनुपातमा हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ । बैंकले गतबर्षको मुनाफाबाट २० प्रतिशत बोनस तथा १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पुष २३ गते सम्पन्न नवौ बार्षिक साधारणसभाबाट पारित गरिसकेको छ ।