Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा पाँच कम्पनीले सूचिकृत गराए झन्डै ८० लाख कित्ता सेयर

२०७३ फाल्गुन ३ गते

मंगलबार नेपाल स्टक एक्सचेञ्जमा पाँच वटा कम्पनीले सेयर सूचिकृत गराएका छन् । पाँच कम्पनीले ६९ लाख ४१ हजार १५ दशमलव ९६ कित्ता बोनस सेयर र १० लाख ५६ हजार तीन सय ६९ दशमलव ६ कित्ता हकप्रद सेयर गरी कुल ७९ लाख ९७ हजार तीन सय ८५ दशमलव ५६ कित्ता सेयर सूचिकृत गराएका हुन् ।

हेरौँ कुन कम्पनीको कति कित्ता सेयर नेप्सेमा थपिए ?

  • एस डेभलपमेन्ट बैंक लिमिटेडको २० लाख ३१ हजार सात सय ४१ कित्ता बोनस सेयर
  • शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० लाख ७७ हजार सात सय १० कित्ता बोनस सेयर
  • सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १० लाख ३४ हजार पाँच सय ५० कित्ता बोनस सेयर
  • मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १० लाख ५६ हजार तीन सय ६९ दशमलव छ कित्ता हकप्रद सेयर र छ लाख ३३ हजार आठ सय २१ दशमलव ७६ कित्ता बोनस सेयर
  • स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको एक लाख ६३ हजार एक सय ८७ दशमलव दुई कित्ता बोनस सेयर