Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पाँच वर्षका लागि सरकारले जनतासँग माग्यो पाँच अर्ब ऋण, ८.५ प्रतिशत व्याज पाइने

२०७३ माघ २५ गते

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक अन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले पाँच अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । विभागले व्याजकर बाहेक ८.५ प्रतिशत व्याजदरमा पाँच वर्षे अवधिको बचतपत्र निष्काशन गर्न लागेको हो । हरेक छ महिनामा व्याज दिइने र ०७८ फागुन २७ गते सावाँ फिर्ता गरिने बचतपत्र आगामी फागुन १ गतेदेखि २२ गतसम्म खुला गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । फागुन २७ गते निष्काशन गरिने बचतपत्रमा घटिमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ । उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् ।