Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हकप्रद सेयर जारी गरेर चुक्तापुँजी पुर्याउँदै नेपालकै जेठो बैंक

२०७३ माघ १७ गते

नेपालको पहिलो तथा ऐतिहासिक बैंक नेपाल बैंक लिमिटेडले हकप्रद सेयर जारी गरेर नेपाल राष्ट्र बैंकले तोकेअनुरुप न्युनतम चुक्तापुँजी पुर्याउने भएको छ । ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम बैंकले आफ्ना सेयरधनीहरुलाई १०ः२.३७४ अर्थात १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । हकप्रद सेयर निष्काशनको लागि बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

नेपाल बैंक लिमिटेडले  प्रति सेयर १०० रुपैयाको दरले एक करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ । नेपाल बैंकमा हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।  

नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै व्यावसायीक सम्भाव्यताको आधारमा विगतमा विस्थापित शाखाहरु पुनःस्थापना गर्ने कार्य पनि क्रमिक रुपमा भइरहेको बैंकले जनाएको छ ।