Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

शिखर इन्स्योरेन्सले कमायो १८ करोड मुनाफा

admin २०७३ माघ १५ गते
सेयर:

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनिले चालु आर्थिक वर्ष २०७३७४ को दोस्रो त्रैमासमा १८ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८ दशमलव ०५ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १० करोड ११ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

८१ करोड  ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको शिखर इन्स्योरेन्सले जगेडा कोषमा २० करोड ३२ लाख रुपैयाँ राखेको छ, । त्यस्तै कम्पनीको बीमाकोषमा ५३ दशमलव ८० प्रतिशतले वृद्धि गरेर ५४ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

शिखर इन्स्योरेन्सले आम्दानीमा ७७ दशमलव ५८ प्रतिशतले वृद्धि गरी २९ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ । बीमा शुल्क (खुद) आम्दानी ७५ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने कुल १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै खर्चमा ७६ दशमलव ८४ प्रतिशतले बढेर ११ करोड ४७ लाख रुपैयाँँ पुगेको छ । दाबी भुक्तानी (खुद) १९ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने कुल ५८ करोड ७ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ ।

शिखर इन्स्योरेन्सको जारी बीमालेख संख्या १ लाख ३२ हजार ८ सय १६ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्या २ हजार ७ सय ६२ वटा रहेको छ ।

शिखर इन्स्योरेन्सको दोस्रो त्रैमास अनुसार प्रतिसेयर आम्दानी वार्षिकीकरण ४४ दशमलव ०६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ४८ दशमलव ०८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ९६ दशमलव १३ रुपैयाँ रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।