Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा ३६ अंकको पहिरो, प्रभुको सेयरले बढायो कारोबार, नौ कम्पनीले कमाए

२०७३ माघ १२ गते

बुधबार सेयर बजारमा ३६.४६ अंकको पहिरो गएको छ । जसअनुसार, नेप्से परिसूचक १३९६.५३ अंकमा कायम भएको छ । उत्पादनमूलकबाहेक सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह २६७.४१ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ३६.२७, ५८.५६, २९.२६, २४.९९ र २.३१ अंकले घटेका छन् । उत्पादनमूलक भने १२.६१ अंकले बढेको छ । 

परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । प्रभु बैंको प्रोमोटर सेयरको मात्रै १७ करोडमाथिको कारोबार भएपछि समग्रमा झन्डै ५९ करोड पुँजी परिचालन भएको हो । दिनभरिमा १३५ वटा कम्पनीको १७ लाख नौ सय नौ कित्ता सेयर चार हजर पाँच सय नौ पटक खरिदविक्री हुँदा कुल ५८ करोड ९३ लाख ७७ हजार आठ सय आठ रुपैयाँ बराबरको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, प्रभु बैंकको प्रोमोटर सेयरको १७ करोड ११ लाख ८२ हजार छ सय ४८ रुपैयाँको कारोबार भएको छ भने प्रभु बैंकको साधारण सेयरको एक करोड ९० लाखको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार हुँदा नेपाल बंगलादेश बैंक, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, कृषि विकास बैंक, सिद्धार्थ बैंक, नविल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

बुधबार जम्ममा नौ वटा कम्पनीका सेयरधनीले अधिकतम २.६५९६ प्रतिशतदेखि न्यूनतम ०.२७८३ प्रतिशतसम्मका दरले सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै गरिमा विकास बैंकका सेयरधनीले कमाएका छन् भने लक्ष्मी लघुवित्तका सेयरधनीले सबैभन्द कम कमाएका छन् । युनिलिभर नेपाल, कुमारी बैंक, एनएमबी माइक्रोफाइनान्स, तिनाउ विकास बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्स र नेपाल टेलिकमका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले १० प्रतिशतका दरले अफ्नो सम्पत्ति घटाउँदा नेरुडे लघुवित्त, बरुण हाइड्रो, सगरमाथा फाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, भार्गव विकास बैंक, कालिका माइक्रोक्रेडिट, महालक्ष्मी विकास बैंक, स्वाबलम्बन विकास बैंक, रुरल माइक्रोफाइनान्स, खानीखोला हाइड्रो लगायतका सेयरधनीले अधिकतम ९.९८ प्रतिशतदेखि न्युनतम ६.१४ प्रतिशत सम्मका दरले गुमाएका छन् । यसबाहेक एक दर्जन कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।