सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा फगुन ५ गते गर्ने भएको छ । काठमाडौँको थापाथलीस्थित ट्रेड टावरमा हुने साधारणसभाले बैंक सञ्चालक समितिद्धारा प्रस्तावित हकप्रद सेयर र बोनस सेयर पारित गर्ने भएको छ ।
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाईबाट ३९ प्रतिशत बोनस सेयर र बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीको ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय उक्त साधारणसभाबाट पारित गर्ने छ ।
पाँच अर्ब २३ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी रहेको सिद्धार्थ बैंकले एक अर्ब ४७ करोड ३२ लाख ६२ हजार सात सय दुई रुपैयाँ बराबरको बोनस सेयर जारी गर्नेछ । साथमा उक्त बोनस सेयर जारी गरेपछिको चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ । उक्त बोनस सेयर र हकप्रद सेयर जारी गरेपछि सिद्धार्थ बैंकको चुक्तापुँजी आठ अर्ब रुपैयाँ नाघ्नेछ ।


