Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२९ प्रतिशत बोनस सेयर जारी गर्न रिलायबलले पायो स्वीकृति

२०७३ माघ ११ गते

रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले २९ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको बोनस सेयर वितरण गर्ने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट ४६ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । गत आर्थिक वर्षमा रिलायबलले २६ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

हाल रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरे पछि बैंकको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्नेछ । यसबाहेक, बैंकको दशौँ साधारणसभाले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । तर, हकप्रद निष्काशन नगरी रिलायबलले ग्लोबल आईएमई बैंकसँग एक्विजिसनमा जाने सम्झौता गरिसकेको अवस्था छ ।