Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१५ प्रतिशत हकप्रद जारी गर्दै एनआईसी एसिया बैंक, धितोपत्र बोर्डमा दियो आवेदन

२०७३ माघ ११ गते

एनआईसी एसिया बैंक लिमिटेडले १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा ८७ लाख २९ हजार चार सय ७५ कित्ता हकप्रद सेयर निष्काशनको अनुमतिका लागि गत माघ ५ गते बोर्डमा आवेदन दिएको हो । एनआईसी एसिया बैंकले सय बराबर १५ कित्ताको अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गरेको हो । 

बैंकको २६ औँ वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गरिने बताइएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । जसपश्चात् बैंकको चुक्तापुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यसको १५ प्रतिशतले हुन आउने ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ५० पैसा छ ।