Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

महालक्ष्मी विकास बैंकले पायो बोनस सेयर जारी गर्ने अनुमति

२०७३ माघ ९ गते

महालक्ष्मी फाइनान्स लिमिटेड, मालिका विकास बैंक लिमिटेड र सिद्धार्थ फाइनान्स लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंकले बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । गत भदौ १९ गतेदेखि महालक्ष्मी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको बैंकले साविकको मालिका विकास बैंकको नाफाबाट ७.९२ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । 

तीन वटा वित्तीय संस्था मिलेर बनेको राष्ट्रिय स्तरको विकास बैंक महालक्ष्मी विकास बैंकको चुक्तापुँजी एक अर्ब १६ करोड रुपैयाँ पुगेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सवा एक अर्ब नाघ्नेछ ।