Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नयाँ नियमावलीअनुसार त्रैमासिक विवरण सार्वजनिक गर्न धितोपत्र बोर्डको निर्देशन

२०७३ माघ ९ गते

नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लाई आधार मानेर वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरिरहेको वित्तीय विवरण धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ लाई आधार मानेर  सार्वजनिक गरिरहेकोप्रति ध्यानाकर्षण गर्दै बोर्डले नयाँ नियमावलीअनुसार वित्तीय विवरण सार्वजनि गर्न निर्देशन दिएको हो । 

हाल बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छ । आइतबारसम्म २० वटा संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।