Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘नेपालको पानी जनताको लगानी’मा दुई अर्ब ४३ करोड रुपैयाँको प्रतिवद्धता 

२०७३ माघ ९ गते

देशको जलविद्युत विकासका लागि सरकारले गरेको लगानी प्रतिवद्धता आह्वानमा दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार नौ सय ४३ रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा कुल २४ हजार २४९ व्यक्ति र २७ वटा संस्थाले उक्त लगानी प्रतिवद्धता जनाएका हुन् । संस्थागत रुपमा आठ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको लगानीे प्रतिवद्धता आएको छ भने बाँकी प्रतिवद्धता व्यक्तिगत रुपमा आएको मन्त्रालयले जनाएको छ । 

संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लगानी प्रतिवद्धता गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।