January 21st, 2017

‘पैसा कमाउन खाडीमा हैन खेतमा जानुहोस्’ : गभर्नर डा. नेपाल

अर्जुन ज्ञवाली । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले मुलुकलाई मजदुर सप्लाइ गर्ने देश बनाउन नहुने बताएका छन् । बुटवल जेसीजको ४३ औं पदस्थापना समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले पैसा कमाउन खाडीमा नभएर खेतमा जानुपर्ने बताए । “हामी नेपाली पैसा कमाउन खाडिमा होइन, खेतमा जानुपर्छ ।” उनले भने, “मुलुकका नौजवान युवाहरु जवानीमा विदेश पलायन हुने अनि मर्ने बेलामा नेपाल फर्कने संस्कार बन्द गर्नुपर्छ र नेपालमा पौरख गरी आफैँ मालिक बनेर नेपाललाई समृद्ध बनाउनुपर्छ ।”

कृषिप्रधान देशमा अरबौँको फलफुल तथा तरकारी आयत गर्नुपर्ने बाध्यता हुनु लाजमर्दो अवस्था भएको औँल्यादै गभर्नर डा. नेपालले कृषिमा सक्षम हुनको लागि सम्पुर्ण युवाहरु विदेश जानको लागि लाइनमा नबसी कषि उद्यम, व्यवसाय गर्नको लागि राज्यले दिएको सहुलीयत लिन लाइन बस्न आग्रह गरे । घरआँगनमै पुगेका बैंकहरुको भरपूर उपयोग गरी मालिक बन्न अग्रसर हुनुपर्ने उनको भनाई थियो । आजका १८ देखि ४० बर्षका युवाहरुले आजैबाट देशमा उद्यम व्यापार गर्न सुरु गरेमा देशमा आमुल परिवर्तन हुन धेरै समय कुर्नुनर्पर्ने गर्भनरले उल्लेख गरे । 

त्यस्तै, डा. नेपालले बैंक तथा वित्तीय संस्थालाई जनताको पैसामा राम्रो ब्याज दिए मात्र जनताको जीवनस्तर माथि उठ्ने भएकाले बैंक तथा वित्तीय संस्थाहरुले बचतमा समय सापेक्ष ब्याज दिनुपर्ने बताए ।

पदस्थापना समारोहमा बुटवल जेसीजका नवनिर्बाचित अध्यक्ष राजेन्द्र घिमिरेले बर्ष २०१६ का अध्यक्ष राजु पौडेलबाट अध्यक्षको जेसीज चेन ग्रहण गरेका थिए । त्यस्तै कार्यकारी उपाध्यक्ष बिक्रम केसी र कमल देवकोटा तथा उपाध्यक्ष अर्जुन ज्ञवाली, चन्द्रमणी भुसाल, अर्जुन खनाल र सुन्दर थापा क्षेत्री एवम् महासचिव यम प्रसाद तिवारी र कोषाध्यक्ष हरि बिक्रम कुँवरले बर्ष २०१६ का  सम्बन्धीत पदाधिकारीबाट पदभार गहण्र गरेका थिए । 

साथै, नवनिर्वाचित अध्यक्ष राजेन्द घिमिरेले अध्यक्ष सल्लाकारमा राजेन्द्र बहादुर जिसी, गोपाल प्रसाद चापागाइ र गंगाराज सापकोटालाई मनोनित गरेका छन् । त्यस्तै सल्लाकारमा दिनेश श्रेष्ठ, गणेशचन्द्र पोख्ररेल, बिनोद ज्ञवाली, दिनेश प्रसाद श्रेष्ठ, गोपाल प्रसाद अधिकारी, मदन कट्टेल तथा  बिषेश सल्लाहकारमा अनुपमान सैन्जुलाइ मनोनित गरेका छन् । 

त्यस्तै बर्ष २०१७ का निर्देशकहरुमा क्रमशः ग्रोथ निर्देशकमा अर्जुन गौतम, थिम निर्देशकमा बालकृष्ण पाण्डे, शाखा सम्पादनमा नरदेव न्यौपाने, मनोरन्जन निर्देशकमा दिनेश खड्का, पास्ट मेम्वर निर्देशकमा जनक दमासे, जनता सम्बन्ध निर्देशकमा छाँया पोख्रेल, सचिवालय ब्यवस्थापन निर्देशकमा कमल शर्मा, तालिम निर्देशकमा रमेश अर्याल, हल ब्यवस्थापन निर्देशकमा दिपक प्रसाद चापागाईँ, सेवा निर्देशकमा गणेश कँडेल, स्वास्थ्य निर्देशकमा माधव खनाल, बिजिनेश निर्देशकमा धु्रव खनाल, एलजीओ आइनजिओ निर्देशकमा बिनोद धिमिरे, सुचना प्रविधी निर्देशकमा फर्सुराम भट्टराइ, सन्चार र्निदशकमा चन्द्रप्रकाश(सिपी) खनाल, लेखा निर्देशकमा रविन कुमार कार्की, साहित्य निर्देशकमा प्रकाश शर्मा, बिमा निर्देशकमा आषिश घर्ती, फन्ड राइजिङ्ग निर्देशकमा धु्रवराज अर्याल र खेलकुद निर्देशकमा बिष्णु पुरी मनोनित भएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]