January 20th, 2017

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै, काउण्टरपार्टीलाई यस्ता छन् सर्त 

नेपाल राष्ट्र बैंकले सरकारको लागि १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आइतबार सोझै खरिद बोलकबोलबाट विकास ऋणपत्र निष्कासन गरेर सो रकम जुटाउन लागेको हो । राष्ट्र बैंकले आज सूचना प्रकाशित गरेर आइतबार २ बजेसम्मलाई बोलकबोल गर्ने मिति तोकेको छ । 
केन्द्रीय बैंकले विकास ऋणपत्र बिक्री गर्न चाहाने काउण्टरपार्टीका लागि केही सर्त राखेको छ ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको विकास ऋणपत्रको सिरिज नम्बर, परिमाण र कति प्रतिशत डिस्काउण्टमा बिक्री गर्ने हो ब्याज दर उल्लेख गर्नुपर्ने छ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको विकास ऋणपत्रको परिमाणको बोल ब्याजदरमा गर्नुपर्नेछ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको विकास ऋणपत्र बहु ब्याजदरमा राष्ट्र बैंले खरिद गर्न सक्नेछ । यससम्बन्धी निर्णय वा बाँडफाँट तरलताको स्थिति तथा अल्पकालीन ब्याजदर लगायतका परिसूचकहको आधारमा खुला बजार कारोबार सञ्चालन समितिले गर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]