Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

सेयर बजारको साइबर सुरक्षा कडा बनाउँदै धितोपत्र बोर्ड, नयाँ आईटी नीति कार्यान्वयनमा

२०८३ कार्तिक १९ गते

बैंकिङ खबर / नेपाल धितोपत्र बोर्डले सेयर बजारको सूचना प्रविधि प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउन नयाँ आईटी नीति कार्यान्वयनमा ल्याएको छ। नीति बुधबारदेखि लागू भएको हो।

गत असोज ५ गते भएको र्‍यान्समवेयर साइबर आक्रमणका कारण सेयर बजारको कारोबार नै प्रभावित भएपछि बोर्डले सुरक्षा व्यवस्था थप मजबुत बनाउने कदम चालेको हो।

नयाँ नीतिले साइबर जोखिम नियन्त्रण, सूचना प्रविधि प्रणालीको सुरक्षा र विपद्का बेला सेवा पुनःसञ्चालन गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ।

नीतिमा आईएसओ तथा आईईसी २७००१ सुरक्षा मापदण्डको प्रमाणीकरण, वार्षिक रूपमा भल्नरेबिलिटी असेसमेन्ट र पेनिट्रेसन टेस्टिङ गर्नुपर्ने व्यवस्था समेटिएको छ।

त्यस्तै, साइबर आक्रमण तथा सुरक्षा जोखिमसम्बन्धी घटना तत्काल पहिचान र प्रतिवेदन गर्न एकीकृत साइबर घटना प्रतिवेदन पोर्टलको व्यवस्था पनि प्रस्ताव गरिएको छ।

यससँगै धितोपत्र बजारका नियामक, कारोबार प्रणाली सञ्चालक तथा सम्बन्धित संस्थाहरूको साइबर सुरक्षा क्षमता अभिवृद्धि गर्ने लक्ष्य बोर्डले लिएको छ।

Ad