Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनआइसी एसिया बैंकलाई ७ अर्ब ४५ करोडको हकप्रद सेयर निष्कासन अनुमति

२०८३ कार्तिक १९ गते

बैंकिङ खबर / एनआइसी एसिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकको हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव स्वीकृत गरेसँगै बैंकलाई थप पुँजी जुटाउने बाटो खुलेको हो ।

बोर्डले २०८३ कात्तिक १७ गते बैंकको हकप्रद सेयर निष्कासन प्रस्तावलाई स्वीकृति दिएको हो । स्वीकृत प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।

यसअनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त सेयर बिक्रीबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ पुँजी जुटाउनेछ ।

हकप्रद सेयर निष्कासनपछि बैंकको पुँजी आधार थप विस्तार हुनेछ । यसबाट बैंकलाई पुँजीगत आवश्यकता व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआइएमबी एस क्यापिटल लिमिटेडले पाएको छ ।

सेबोनबाट निष्कासन अनुमति प्राप्त भए पनि हकप्रद सेयरका लागि आवेदन खुल्ने मिति, सेयरधनी दर्ता पुस्तिका बन्द हुने मिति तथा अन्य निष्कासन प्रक्रिया सम्बन्धी विवरण भने बैंकले पछि सार्वजनिक गर्नेछ ।

Ad