Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा एकैदिन थपिए ३७ लाख ७२ हजार कित्ता सेयर

२०७३ माघ ६ गते

नेपाल स्टक एक्सचेञ्जमा विहिबार ३७ लाख ७२ हजार दुई सय ७५ कित्ता सेयर थपिएका छन् । तीन वटा कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएका हुन् । 

विहीबार सिद्धार्थ डेभलपमेन्ट बैंकको २७ लाख ४६ हजार सात सय ७६ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।  त्यस्तै, युनाईटेड फाईनाईन्सको नौं लाख २७ हजार ९९ कित्ता बोनस सेयर सूचिकृत भएको छ भने  प्रोगेसिभ फाइनान्सको ९८ हजार चार सय कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।

आगामी सातादेखि यी सेयरको कारोबार सुरु हुनेछ ।