
बैंकिङ खबर / वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुलेको हिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने अवसर आज सकिँदैछ । कम्पनीले छुट्याएको सेयरमा मागभन्दा बढी आवेदन परिसकेकाले नयाँ आवेदनका लागि आज बैंकिङ समयसम्म मात्रै अवसर रहनेछ ।
कम्पनीले विदेशमा रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी ४ लाख २२ हजार ५०० कित्ता सेयर बिक्रीमा राखेको हो । यो कम्पनीको जारी पुँजीको २.५ प्रतिशत हिस्सा हो । प्रतिकित्ता १०० रुपैयाँका दरले खुलाइएको सेयरमा इच्छुक लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
हिम पर्वत हाइड्रोपावरले आफ्नो कुल जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत हिस्सा सर्वसाधारणका लागि निष्कासन गर्ने योजना बनाएको छ । त्यसमध्ये सर्वसाधारणमा बिक्री गरिने ४२ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो ।
कम्पनीको आईपीओमा सहभागी हुन वैदेशिक रोजगारीमा रहेका नेपालीसँग वैध श्रम स्वीकृति, रेमिट्यान्स बचत खाता तथा सीआरएन नम्बर हुनुपर्नेछ । आवेदन सम्बन्धित बैंक तथा मेरो सेयर प्रणालीमार्फत दिन सकिनेछ ।