January 19th, 2017

‘तरलता अभाव’ हल्ला मात्रै : राष्ट्र बैंकले उपलब्ध गराएको रकममा देखिएन बैंकहरुको चासो

नेपाल राष्ट्र बैंकले विहीबार बैंकहरुलाई रकम उपलब्ध गराउने उद्देश्यले गरेको प्रस्तावमा जम्मा छ वटा बैंकले आवेदन दिएका छन् । राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ उपलब्ध गराउन चाहेकोमा नौ अर्ब ५६ करोड रुपैयाँको मात्रै आवेदन परेको हो । तर, सबैले अन्तर बैंक ब्याज दर ३.७४ प्रतिशतभन्दा पनि तल गएर आवेदन हालेपछि राष्ट्र बैंकले कुनै बैंकलाई पनि रकम उपलब्ध नगराएको बताएको छ । 

मंगलबार पनि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको थियो । जसमा २७ वटा बैंकले आवेदन दिएका थिए । त्यसमध्ये राष्ट्र बैंकले स्टान्डर्ड चार्टर्ड बैंकलाई मात्रै रकम उपलब्ध गराएको थियो । किनकि, अरु बैंकले चलेको अन्तरबैंक व्याजदरभन्दा कममा रकम लिन चाहेका थिए । 

बैंकहरुले साधारण बचत खातामा सर्बसाधारणलाई दिईरहेको ब्याज दर भन्दा सस्तोमा ६ महिने अवधिका लागि रकम लैजान राष्ट्र बैंकले प्रस्ताव गरेको थियो । मंगलबार छोटो समयको सूचनाका कारण बैंकहरुले आवेदन दिन नभ्याएको भन्दै राष्ट्र बैंकले बुधबार दोहोर्याएर प्रस्ताव गरेको थियो । तर, बुधबार झनै न्युन आवेदन परेको छ । 

बैंकिङ प्रणालीमा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद गरी बैंकहरुलाई तरलता उपलब्ध गराउन खाजेको थियो । तर, बैंकहरुले यसमा चासो नदेखाउनुले तरलता अभाव हल्ला मात्रै भएको पुष्टि भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]