Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

अनिवार्य नगद मौज्दात नपुग्दा लघुवित्तलाई राष्ट्र बैंकको जरिवाना

२०८३ आश्विन ७ गते

बैंकिङ खबर  /  नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै दुई लघुवित्त वित्तीय संस्थालाई नगद जरिवाना गरेको छ ।

राष्ट्र बैंकका अनुसार एक लघुवित्त वित्तीय संस्थालाई २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पहिलो पटकका लागि ५८ रुपैयाँ ३८ पैसा जरिवाना गरिएको छ ।

त्यसैगरी, सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पटकअनुसार जरिवाना गरिएको छ । संस्थाले २०८२ चैतमा पहिलो पटक नियम उल्लंघन गरेकाले ७१३ रुपैयाँ ८८ पैसा, २०८३ वैशाखमा दोस्रो पटक १ हजार ६७ रुपैयाँ ४० पैसा, जेठमा तेस्रो पटक १ हजार ४१२ रुपैयाँ ९१ पैसा र असारमा चौथो पटक १ हजार ४१० रुपैयाँ ७८ पैसा जरिवाना तिर्नुपर्ने भएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले नियामकीय व्यवस्था बमोजिम अनिवार्य नगद मौज्दात कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तोकिएको मौज्दात कायम नगरेमा उल्लंघनको पटकअनुसार नगद जरिवाना गर्ने व्यवस्था रहेको छ ।