Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्यो सन्ध्याकालीन काउण्टर सेवा

२०८३ भाद्र ३० गते

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ। बैंकको सिंहदरबारप्लाजा स्थित कर्पोरेट शाखाबाट भदौ २२ गतेदेखि कार्यालय समयपछि थप एक घण्टा सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको हो। यो सेवाअन्तर्गत ग्राहकले साँझ ५ बजेदेखि ६ बजेसम्म चेक भुक्तानी, नगद जम्मा लगायतका सीमित बैंकिङ सेवा लिन सक्नेछन्। नियमित कार्यालय समयमा अत्यावश्यक बैंकिङ कारोबार गर्न नसक्ने ग्राहकलाई थप सहजता प्रदान गर्ने उद्देश्यले सेवा सुरु गरिएको बैंकले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसमेत समेट्ने गरी ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले निक्षेप तथा कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।