Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कालिका लघुवित्तको DCEO मा दिवस ढकाल

२०८३ भाद्र ३० गते

बैंकिङ खबर /  पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (DCEO) मा दिवस ढकाल नियुक्त भएका छन् ।

संस्थाको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई आगामी असोज १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

लघुवित्त क्षेत्रमा अनुभव हासिल गरेका ढकाल यसअघि मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडमा सहायक महाप्रबन्धक (AGM) का रूपमा कार्यरत थिए ।

ढकाल २०८२ जेठ १ गतेदेखि कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा वरिष्ठ प्रबन्धकको जिम्मेवारीमा कार्यरत छन्। संस्थामा वरिष्ठ व्यवस्थापकीय भूमिकामा रहेर काम गर्दै आएका उनलाई अब नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

स्याङ्जामा जन्मिएका ढकालसँग विभिन्न लघुवित्त वित्तीय संस्थामा काम गरेको अनुभव रहेको छ। लघुवित्त क्षेत्रको व्यवस्थापन तथा सञ्चालनमा हासिल गरेको अनुभवका आधारमा उनलाई नयाँ जिम्मेवारी दिइएको संस्थाले जनाएको छ । ढकालले असोज १ गतेदेखि नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।