
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २ करोड ३८ लाख ११ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरलगायत कर्मचारीबाट उक्त रकम संकलन तथा सहयोग गरिएको हो ।
बाढी तथा डुबानका कारण घर, व्यवसाय तथा दैनिक जनजीवन प्रभावित भएका नागरिकलाई राहत उपलब्ध गराउन राष्ट्र बैंक परिवारबाट आर्थिक सहयोग गरिएको जनाइएको छ। विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले उक्त योगदान गरिएको हो ।
राष्ट्र बैंकका उच्च पदाधिकारीदेखि कर्मचारीसम्मको सामूहिक सहभागितामा जुटेको यो सहयोगले वित्तीय क्षेत्रको सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गरेको छ। प्राकृतिक विपद्का बेला राज्यका विभिन्न निकाय, निजी क्षेत्र तथा संघ–संस्थाले राहत अभियान सञ्चालन गरिरहेका अवस्थामा राष्ट्र बैंक परिवारको योगदानले पनि प्रभावित नागरिकलाई राहत पुर्याउने प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा प्रभावित परिवारको दैनिकी सामान्य बनाउन आर्थिक तथा मानवीय सहयोग आवश्यक भइरहेका बेला राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीबाट गरिएको यो सहयोग सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरणका रूपमा देखिएको छ ।