Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह

२०८३ भाद्र १५ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा आधिकारिक बैंक खाताको विवरण यकिन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा अन्य विद्युतीय माध्यमबाट रकम पठाउँदा सावधानी अपनाउन आग्रह गरेको हो ।राष्ट्र बैंकका अनुसार सहयोग रकम जम्मा गर्नुअघि खाताको नाम अनिवार्य रूपमा ‘Prime Minister Disaster Relief Fund’ रहेको यकिन गर्नुपर्नेछ । रकम पठाएपछि पुनः रकम यकिन गर्न पनि केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

यस्तै, सामाजिक सञ्जाल, इमेल तथा मेसेजिङ एपमार्फत आएका अनधिकृत सूचनाका आधारमा रकम नपठाउन राष्ट्र बैंकले सचेत गराएको छ । सहयोग रकम पठाउने क्रममा ओटीपी, पिन, पासवर्ड लगायतका संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरिएको छ ।राष्ट्र बैंकले आपत्कालीन अवस्थामा आधिकारिक एप्लिकेसनको मात्र प्रयोग गर्न तथा शंका लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकसँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।