Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

प्रधानमन्त्री कार्यालयद्वारा विपदमा सहयोगको अपिल : बैंक खाता सार्वजनिक

२०८३ भाद्र ११ गते

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् तथा दैवी प्रकोपबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ। कार्यालयले सहयोग रकम जम्मा गर्न सकिने विभिन्न बैंकका आधिकारिक बैंक खाता विवरणसमेत सार्वजनिक गरेको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न हिमालयन बैंक लिमिटेडको डलर खातासहित स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नबिल बैंक तथा कृषि विकास बैंकमा रहेका खातामार्फत रकम जम्मा गर्न सकिने जनाएको छ।

त्यस्तै, प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामार्फत पनि सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। प्रधानमन्त्री कार्यालयले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि प्राप्त सहयोग परिचालन गरिने जनाएको छ। विपद्को समयमा नागरिक तथा संघसंस्थालाई आ–आफ्नो क्षमता र इच्छाअनुसार सरकारी कोषमा आर्थिक सहयोग गर्न कार्यालयले आग्रह गरेको छ।